‘बोल्न पाइन्छ, हाँस्न पाइन्छ र रुन पनि पाइन्छ’

‘बोल्न पाइन्छ, हाँस्न पाइन्छ र रुन पनि पाइन्छ’

  • मङ्लबार, असार १४, २०७९
  • सानुमैँया खड्का (सविता)

  • 14.1K
    SHARES

आइतवार अर्थात २०७९ असार १२ गते शहरी विकास मन्त्रालयको परिसरको शहरी विकास मन्त्रालयमा रामकुमारी झाक्री घुक्क घुक्क गर्दे रोईन्, उनका आँखावाट तप्प तप्प आँसु खसिरहे । टेवुलमा रहेको टिष्यु पेपरले घरिघरी आँसु पुछने प्रयत्नलाई पनि उनका आँखाहरुले धोका दिइरहे । अराजकताको सीमा नाघेर बोल्ने रामकुमारी पत्रकारसमक्ष सरी म बोल्न नसक्ने भए भनेर नतमस्तक भईन ।
नेता र नेतृत्वको आलोचना गर्दा, भए नभएका आरोपहरु नेताहरुलाई लगाउदा आफनो राजनीतिक उचाई प्राप्ती हुन्छ भन्ने बलियो मान्यता रामकुमारीमा थियो । उनी त्यही मान्यताकाकारण आफुलाई मन नपरेका नेताहरुको मान मर्दन गर्दै गइन । विना कारण, विषय र तर्क उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि मान मर्दन गर्न पछाडी परिनन् । गोरखाको एउटा कार्यक्रममा त उनले देशको अभिभावक सम्माननीय राष्टपतिको मान मर्दन गर्ने गरि नै अराजक बोली बोलिन् । आफ्नै पार्टीलाई खरानी बनाउने अभियानमा जुटेका माधव प्रचण्डहरुको बैशाखी बनेर आफैँले मुखमा बाँधेको टेप खोलेर बोल्न पाईन्छ भन्दै चिच्याइन । जे होस् तत्कालिन नेकपाभित्र रामकुमारी र यो प्रवृतिका धेरै मान्छेहरु थिए । जसले नेकपालाई तहस नहस बनाए र नेपाली जनताको स्थिर राजनीति, विकास, समृद्धि र सुखको सपनालाई धुजा धुजा बनाए । त्यसको एउटै कारण थियो पद । रामकुमारीको मन्त्री पद खुस्किदाँको रोदन र विलौनाले पनि त्यही कुरा प्रमाणित गर्दछ ।

     सानुमैँया खड्का (सविता)

अहो, रामकुमारीलाई लाग्न सक्दछ, मैले गणतन्त्र प्राप्तीको आन्दोलनमा सडकमा रगत वगाएकी छु । तर उनले यो सामान्य रगतलाई कतिसम्म वेच्छिन होला र उनको त्यो रगतको देशले कतिसम्म मुल्य चुकाउनु पर्दछ होला । त्यो स्वयको उतर उनले नै दिनु पर्दछ । अव रामकुमारीले त्यो रगतलाई राजनीतिक उचाई प्राप्तीमा जति वेचिन, उनलाई मान्नै पर्दछ । मान्छेहरुले परिवर्तनको आन्दोलनमा जीवनका महत्वपुर्ण अँगहरु गुमाएका छन, हात गोडा, आँखा, वोली गुमाएका छन् । मानिसहरु परिवर्तनको आन्दोलनमा वेपता भएका छन, शहीद भएका छन । दर्जनौ बर्ष मानिसहरु जेल बसेका छन तर उनीहरुले राजनीतिक परिवर्तनको आन्दोलनमा गरेको योगदानप्रति देशसँग हिसाव खोजेका छैनन । जसरी रामकुमारीले देशसँग उनको आन्दोलनमा प्रहरीको लाठिवाठ लागेको सामान्य चोटवाट वगेको रगतको मुल्य पटक पटक खोजेकी छन । उनले एकपल्ट यो बिषयमा पनि गभ्भिर भएर सोच्न पर्दछ ।
समयले मानिसलाई वदल्छ की मानिसले समय बदल्छ ? यसमा लामो बहस र विवाद हुन सक्ला ? यो विषयमा विभिन्न सिद्धान्त र दर्शनको प्रयोग हुन सक्ला ? तर रामकुमारी कहिले मुखमा आफैले टासेको टेप खोलेर, आफैले लगाएको कोट फालेर वोल्न पाइन्छ भन्दै सडकमा कुर्लिएर अराजकता मच्चाइन् । माधव नेपाललाई लतारेर निर्वाचन आयोगमा दल दर्तापछि मन्त्री बनेर कुर्सीमा विराजमान हुँदा कसैले नपाएको पद र कोही आसीन नभएको पद उनले पाएको जसरी आफैले सम्हाल्न नसकेको उन्मुक्त हाँसो प्रदर्शन गरिन् । र त्यो पद गुमाउँदा आजसम्म संसारकै कोही मन्त्रीहरुले नदेखाएको रोदनपुर्ण चित्कार प्रर्दशन गरिन । जे होस् पछिल्ला दुई बर्षमा रामकुमारीले जति अराजकता बोलिन, अव उनको त्यो अराजक वोली बन्द हुनुपर्छ । रामकुमारीले मन्त्री पद प्राप्तीमा जति उन्मुक्त हाँसो प्रर्दशन गरिन अव त्यो नेपाली समाजकालागि अपाच्य हाँसो पनि बन्द हुनु पर्दछ । र मन्त्री पद गुमाउनु पर्दा देखाएको गहभरीको आँसु र रोदनले नेपाली जनताको शीर निहुरिएको छ र मन्त्री पदकै गरिमामाथी प्रश्न उठेको छ । अव राम कुमारीले त्यो रोदन र क्रन्दन पनि वन्द गर्न सक्नु पर्दछ । वोल्न पाईन्छ, हास्न पाईन्छ र रुन पाईन्छको सेरोफेरोमा घुमेको रामकुमारीको अराजकताले भरिएको राजनीतिक जीवनलाई समयले वदल्छ की रामकुमारीले समयलाई वदल्छिन । यो भने हेर्न बाँकी छ ।
राम कुमारीले बुझनु पर्ने पक्ष भनेको के हो भने विरोधका नाममा विरोध मात्रै राजनीति होइन, राजनीति त जीवन पद्धती हो । राजनीति भनेको सामाजिक संस्कार र व्यवहार हो भन्ने कुरा बुझन जरुरी छ । नेताहरुको मान मर्दन गर्दैमा नेता हुन सकिदैन भन्ने कुरा उनले बुझन जरुरी छ । हुन त पद मोहलाई नै राजनीति ठान्ने रामकुमारीहरुकालागि म समाजवादीको सदस्य होइन, एमाले मेरो घर हो भनेर एमाले प्रवेश भएपनि कसैले आश्चर्य नमाने हुन्छ ।
आफुले आफैलाई थेग्न र नियन्त्रण गर्न नसक्नेगरि भित्रैबाट उर्लिएको रामकुमारीको आँसुले उनी जुन पार्टीको जगमा उभिएर त्यो ठाउँमा पुगेकी थिइन्, त्यसको आशा उनलाई मरिसकेको र दोहोरिएर त्यो ठाउँमा पुग्ने उनको विश्वास र आशा मरिसकेको जो कोहीले अनुमान गर्न सक्दछ । उनको यो हाँसो र रोदनको उतारचढावले भरिएको रामकुमारीको व्यवहारले उनको राजनीतिक अवशान मात्रै होइन, उनको अराजकताका कारण वहकिएर पद प्राप्तीकालागि जन्मिएको नेकपा समाजवादीको अवसान पनि निश्चित प्राय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी