१३ असार, जनकपुर । नेपालबाट हतियार बोकेर भारततिर प्रवेश गर्दै गरेका तीन जना भारतीय नागरिकलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई विदेह नगरपालिका १ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार र २६ वर्षीय सञ्जय कुमार छन् ।
उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको छ ।
हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline