दुई करोड लिएर ईच्छाराज तामाङलाई छुटाउन न्यायधीशसँग डिल गर्ने वकिल पोखरेलको लाईसेन्स खारेज हुने संभावना

दुई करोड लिएर ईच्छाराज तामाङलाई छुटाउन न्यायधीशसँग डिल गर्ने वकिल पोखरेलको लाईसेन्स खारेज हुने संभावना

  • बिहिबार, असार ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

असार ९ काठमाण्डौँ । दुई करोड रुपैया लिएर सहकारी ठगी अभियोगमा जेलमा रहेका व्यवशायी एवं पूर्व एमाले सांसद ईच्छाराज तामाङलाई धरौटीमा छुटाउन भन्दै न्यायधीशसँग डिल गर्ने अधिवक्ता रुद्र पोखरेल कार्बाहीमा पर्ने संभावना बढेको छ ।

संभवतः उनको कानुन व्यवशायीको प्रमाणपत्र रद्ध हुन सक्ने छ । यो कार्बाही भए उनले वकालत गर्न पाउने छैनन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्र पोखरेलविरुद्ध नेपाल बार काउन्सिलले म्याद जारी गरेको छ।
बसेको अनुसाशन समितिको बैठकले उनलाई ७ दिनभित्रमा यस बारेमा जवाफ दिन भनेको छ ।
सार्वजनिक भएको अडियो र नेपाल बार एसोसियशनको विज्ञप्तिलाई आधार मानेर बार काउन्सिलले म्याद जारी गर्ने निर्णय गरेको हो। बोर्ड बैठकले पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो।

महान्यायाधीवक्ता खम्मबहादुर खाती नेतृत्वको अनुसाशन समितिमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य छन्।

यस बारेमा पोखरेलले स्पष्टीकरण बुझाएपछि अर्को मिति तय गरेर थप प्रमाण बुझ्ने अथवा कारबाहीको निर्णय गर्न सक्नेछ।

काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने अथवा प्रमाण पत्र नै रद्द गर्न सक्ने निर्णय गर्नेछ। पोखरेल नेपाल बार एसोसियसनका पूर्वकोषाध्यक्ष समेत हुन्।
न्याय परिषद्ले न्यायधीश कोईरालालाई समेत जिम्मेवारीमुक्त गर्दै छानविन समिति बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ