दाङमा सुस्त मनस्थिति भएकी युवतीमाथि चार जनाद्धारा सामुहिक बलात्कार, दुई पक्राउ

दाङमा सुस्त मनस्थिति भएकी युवतीमाथि चार जनाद्धारा सामुहिक बलात्कार, दुई पक्राउ

  • शनिबार, असार ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

४ असार, दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि चार जनाको समुहले बलात्कार गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको प्रहरीले बताएको छ ।
घटनामा संलग्न दुई आरोपी पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी छन्। अन्य फरार भएका दुई जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ