“यात्राको संघर्ष”

“यात्राको संघर्ष”

  • शनिबार, असार ४, २०७९
  • युडि शाह, रौतहट नेपाल

  • 16.6K
    SHARES

आँसुको सम्बन्ध जब आँखाबाट छुटेर जान्छ
समुन्द्रको लहर तब मुटु भित्र आफै जाग्छ
होस् छैन हे प्रभु मेरो यो मस्तिष्कलाई
हेर्दैछु आकाश माथि नक्षत्रहरू टुटेर खस्दैछ…

बादलबाट आएका पानीले केही भन्दैछन
प्यासा भएका ति नदी-नालाहरू रूदैछन
म हेर्दैछु तर मैले केही गर्न सकेन
मेरा यी हाथले पनि साथ दिन सकेन…

लागथ्यो यो जीवन अपाङ्गमा परिणत भएको
लाग्थ्यो म मुर्ति भएर जन्म लिएको
यो धर्ति सारा गगनले बास दिएकै हो
खुशीहरूका आँगन बागले भरिएकै हो
तैपनि के गरू, भित्रबाट तँ म मरे कै हो
कसलाई के भनु,
सब अलिक भित्रबाट त जलेकै हो…

मलाई कोही पुकार्दैछ
जीउँदै मर्छु यदि म न गए
साचै म मर्छु, मेरा मनका इच्छा यदि पूरा न भए

मेरो आत्मा यो शरीरलाई अन्तै जान भन्दैछ
भित्र-भित्रै सोचदा-सोचदै पिडाहरू एकलै बोक्दैछ…

किन आज म बिचलित छु
चारैतिरबाट बाँधिएर,
मोहमाया र प्रेममा धेरिएको छु
यहाँ एक छन पनि रहन सक्दिन
यो देखाबटी जालको दुनियाँमा फसदिन…

कयौं दुरिको सफर गरेर
भाग्दा भाग्दै थाकिएको छु
मनका यातनाहरू बाट
आफनै मुटुको चट्टानले ठक्कर खाँदैछु…

अशान्तका प्रतीक मन
यात्राको संघर्षले कठोर बनाई दिएका
सफलताको खोज खोजी हिड्ने चाहनाले
कयौं बार हारले डराई दिएका…

जिउँने अधार सबै टुटेर
आत्म समापन बिचलितका बिचार आइदिनछन्…
जब फेरि बिहानका किरण देख्दा
मनमा ईच्छाशक्तिको डोरीले बाँधी दिन्छन्…..

एउटा नयाँ सोचले अन्धकारका बाटो तोडिएर
उज्यालो प्रकाशका छाँया मुस्कुराइ दिन्छन्…
मलाई अझ सम्म थाहाँ छैन के हुने हो
कुन मन्दिर-मस्जिद जाने हो…
कुन देवतालाई पुजी दर्शन गर्ने हो
कुन खोला-नाला नुहाई पाप धुल्ने हो…

मलाई थाहाँ छ म मर्छु, भोलि या पर्सि
घमण्ड के को लागि गर्नु हो,
मरेर आखिर माटो बनी जानु हो…
जिउँदो छु त्यही भएर माटो माथि छु
अहिले मरेर माटै भित्र हुन्छु कहिले न कहिले…

दोषका पन्नाहरू लेखिएको मिटाउन प्रयासमा छु
उम्रेको ती पापहरू जलाउने अभियासमा छु…

यति छिटो छोड्ने छैन ती दोषहरू
जन्मौं जन्म पछ्याउने छ ति कालहरू…
सधै एउटा पाप आएर थपिदैछ
र साथ-साथै इश्वरको जाप, प्राथना गरिंदैछ…

पुण्यको दरबार खोज्दै हिड्दै छु हरेक मर्ममा
इश्वर भेटोस जहाँ मेरो हरेक कर्ममा…
मानिस भएर जन्मीनु ठुलो कुरा हैन
कुनै उद्देश्यले पक्कै पठाएको होला…
मर्नु अधि केही गर्ने आशाहरू पुरा हुदैन
तब सम्म फेरि फेरि जन्मीने छु…

म बुढो हुदैछु तेई भएर मेरा यो रूपरंग ढल्दैछ
मरेर अर्को जन्म लिएर फेरि फेरि आउने छु…
मेरो यात्राको संघर्ष अझै बाँकी छ
मेरो यात्राको संघर्ष अझै बाँकी छ…

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी