असार २ तनहुँ । तनहँको आबुँखैरेनीमा पुलको भार भाँचेर एउटा टिफर खोलामा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी टिफर चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान खोलामा झरेको थियो ।
मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline