अमेरीकासँग एसपीसीबारे कुनै पनि सम्झौता गरेका छैनौँ र प्रकृयामा पनि छैनौः सेना

अमेरीकासँग एसपीसीबारे कुनै पनि सम्झौता गरेका छैनौँ र प्रकृयामा पनि छैनौः सेना

  • बुधबार, असार १, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

असार १ काठमाण्डौँ । नेपाली सेनाले अमेरीकासँगको सैन्य सम्बन्ध जोडिने खालको स्ट्राटेजिक पार्टनरसिप प्रोग्राम अन्तर्गत नेपाली सेनाले अमेरीकी सेना वा सरकारसँग कुनै पनि खालको सम्झौता नगरेको स्प्ष्ट पारेको छ ।

नेपाली सेनाको निवेदनका आधारमा एसपिसी स्वीकार गरेको समाचार सार्वजनिक भएपछि आज साँझ वक्तव्य जारी गरी सेनाले यस्तो प्रकृयामा समेत नरहेको स्पष्ट गरेको छ ।

नेपालको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति, एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

हालै एक अमेरीकी सैन्य कमाण्डरको नेपाल भ्रमण र प्रधानमन्त्री एवं प्रधानसेनापतिको अमेरीका भ्रमणको पूर्व सन्ध्यामा एसपिपिले विवादको रुप लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ