गायिका ईन्दीरा जोशीले शरद केडियासँग विवाह गरिन्

गायिका ईन्दीरा जोशीले शरद केडियासँग विवाह गरिन्

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार लगनगाँठो कसेकी छन् ।

चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न भएको छ ।

गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी थिइन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी थिइन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरू विवाह भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी