काठमाण्डौँ जेठ ३० । राजधानी काठमाण्डौकै बौद्धमा गएराति एक युवतीलाई तीन जनाको समुहले बलात्कार गरेको छ । लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई मध्यरातमा लगेर तीन जनाले बलात्कार गरेका थिए ।
प्रहरीले तीन जना बलात्कारमा संलग्न र होटल सञ्चालक समेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । लुङ्ता गेष्ट हाउसका संचालक झ्याम्पा ढिल्ले शेर्पा रहेका पनि पक्राउ परेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline