जेठ ३० राजविराज । मिटरब्याजमा पैसा लगाएर गरीब सर्वसाधारणलाई उठिवास पार्ने सप्तरीका मिटरव्याजी रामदेव शाह तेली अझै फरार छन् । प्रहरीले आज उनकी छोरी अनुराधा शाह तेलीलाई पक्राउ गरेको छ ।
ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध महाशाखाले आज पक्राउ गरेको हो ।
सप्तरी जिल्ला प्रहरी कार्यलयको पत्राचारका आधारमा प्रहरीले आज उनलाई काठमाण्डौँ बुद्धनगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि सप्तरी पठाईएको छ ।
बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ ।
केही दिनअघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline