गाँजा खुला गरेर बेचौँ, दुई वर्षमै देशको रिण तिरिन्छ : तामाङ

गाँजा खुला गरेर बेचौँ, दुई वर्षमै देशको रिण तिरिन्छ : तामाङ

  • आइतवार, जेष्ठ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

जेठ २९ काठमाण्डौँ । नेकपा एमालेका सांसद शेर बहादुर तामाङले गाँजा खुला गरेर बिक्री गर्न प्रस्ताव गर्दै यसको आमदानीबाट दुई वर्षमै बैदेशिक रिण तिर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले गाँजा सम्बन्धि यस्तो दावी गरेका हुन् ।

उनले यस अघि नै संसदमा गाँजा सम्बन्धि गैर सरकारी विधेयक दर्ता गरेका छन् ।

नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ, उनले दाबी गरे, ुएड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् । तामाङले थपे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ