काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक (फोटोफिचर)

काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक (फोटोफिचर)

  • शनिबार, जेष्ठ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, २८ जेठ । काठमाडौंको माइतीघरमा चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ । २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लान्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक ¥याली हो ।

नेपालमा गौरव यात्रा
नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो । स्टोनवाल विद्रोहको ५०औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो सनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी