एमसीसी अनुमोदनसँगै नेपालमा अमेरीकी प्रतिनिधिहरुको आउजाउ बाक्लो हुँदै, काठमाण्डौँ आए सेनाका कमाण्डर

एमसीसी अनुमोदनसँगै नेपालमा अमेरीकी प्रतिनिधिहरुको आउजाउ बाक्लो हुँदै, काठमाण्डौँ आए सेनाका कमाण्डर

  • बिहिबार, जेष्ठ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

जेठ २६ काठमाण्डौँ । नेपालमा विवाद र विरोधका बीच एमसीसी परियोजना अनुमोदन भएसँगै अमेरीकी उच्च अधिकारीहरुको आगमन बाक्लिएको छ । पछिल्लो समय लगातार जसो अमेरीकी अधिकारीहरु नेपाल आउने क्रममा आज सेनाका एक जना कमाण्डर चार दिने भ्रमणका लागि काठमाण्डौँ आएका छन् ।

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन काठमाडौं आइपुगेका हुन् । फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ