काठमाण्डौँको फोहोरले देशकै बेईजतिः कुटनीतिक नियोगले अनावस्यक हिँडडुल नगर्न सर्कुलर नै जारी गरे

काठमाण्डौँको फोहोरले देशकै बेईजतिः कुटनीतिक नियोगले अनावस्यक हिँडडुल नगर्न सर्कुलर नै जारी गरे

  • बुधबार, जेष्ठ २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २५ जेठ । काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए ।

यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए ।

निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे ।
काठमाण्डौँको फोहोरबारे विदेशी नियोगले गरेको सर्कुलरले काठमाण्डौको फोहोरले देशकै लागि लज्जाजनक स्थिति बनाएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी