बिरगंज २४ जेठ । बारा जिल्लाको मटिअर्वा नाकामा तनावग्रस्त भएको छ । मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) को कुटाइबाट बारामा एक नेपाली नागरिक घाइते भएका छन् ।
बारा जिल्लाको मटिअर्वा नाकामा एसएसबीको कुटाइबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी सजिल मियाँ घाइते भएका हुन् । मटिअर्वा नाका हुँदै भारतको आदापुरमा बिहेको सामान खरिद गर्न जान लागेका मियाँलाई नाकामा खटिएका भारतीय सुरक्षाकर्मीको टोलीले निर्घात कुटपिट गरेको हो ।
कुटपिटबाट घाइते भएको मियाँलाइ कलैयाको अस्पतालमा उपचार भइरहेको छ । यसैबीच भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले भारतीय प्रहरीको गाडी तोडफोड गरिदिएका छन् ।
भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले मटिअर्वा नसकामा भारतीय प्रहरीको गाडी तोडफोड गरेका छन् । ज्यादतीको बिरोधमा उत्रिएका स्थानीयले नाकामा प्रदर्शन गर्दै कुटपिटमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाहीको माग गरेका छन् । अहिले घटनास्थलमा दुबै देशका सुरक्षाकर्मी तैनाथ रहेको र स्थानीयको प्रदर्शन साम्य पार्ने प्रयास भइरहेको बताइएको छ ।