फेसबुकमा हेलो हाई गर्दा गर्दै प्रेम, प्रेमी भेट्न जाँदा सामुहिक बलात्कार

फेसबुकमा हेलो हाई गर्दा गर्दै प्रेम, प्रेमी भेट्न जाँदा सामुहिक बलात्कार

  • सोमवार, जेष्ठ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

फेसबुकमा हेलो हाई गर्दा गर्दै चिनजानपछि प्रेममा परेकी एक युवतीलाई प्रेमी र उसको साथीको समुहले सामुहिक बलात्कार गरेको छ । प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसहित मिलेर गोठमा लगेर बलात्कार गरेका हुन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगीको भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार शनिबार साँझ आफ्नो ‘बर्थ डे’ पार्टी मनाउन भन्दै हेमराजले ती किशोरीलाई बाँके र बर्दियाको बीचमा पर्ने मनाखोला भन्ने स्थानमा बोलाएका थिए । प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेका थिए ।

सामूहिक बलात्कारपछि बेहोस् भएकी युवतीलाई गोठमा लगेर सुताएका थिए । उनी ब्युझिएपछि थप दुई जनाले पनि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीले चेकजाँचका क्रममा सोधपुछ गर्दा युवतीले बलात्कार गरेको बताए लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
कमेन्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी