अहिले अत्यन्तै कठोरतम उताउलो र घमण्डी अवस्थाले एमाले ग्रशित भएको पाईन्छ । चुनावमा जितहार हुन्छ । कुन अवस्थामा यो चुनाव भयो र कस्को ताकतले चुनाव भयो भन्ने कुरा एमालेले विर्सिएको छ । एमाले सत्तामा हुँदा देशको एकभागका जनतालाई छुद्र व्यवहारवाट अलग राख्ने खतरनाक खेल खेलेको कुरा छ महिनासम्म जनताले नाकावन्दी वेहोर्नु परेवाट पनि स्पष्ट भएको छ ।
ओलिजीले खालि तराईवासीलाई खेदो गर्ने र दिनमा भारतको विरोध अनि साँझ उनिहरुकै मन्त्रणा लिएर देशको अस्मितामा समेत खेलवाड गरिरहेको अवस्थामा पनि जोक्करको नौलो प्रस्तुती, एन्जिओ, सहकारी, डन, इन्भर्टर जेनेरेटर र सोलार व्यापारी, कलेज हस्पिटल र विद्यालय शिक्षक, इन्सेक, जस्ता संजालको नाममा भएको चलखेल र क्रिश्चियनिटीको पैसाले पञ्चायती सैलीको खेल मच्चाएकै कारण चुनावमा वर्चश्व वनेकै हो एमालेको ।
यो कुरा सवै देशवासीले बुझ्नु जरुरी पनि भएको छ । किनभने एमाले जुन अहिले आफैमात्र प्रसंशाको पात्र हो भनेर अन्य सवैै शक्तिलाई पाखालगाएर हिड्न खोजिरहेको छ यो खतरनाक अवस्था निम्त्याउने मुलवाटो हो भनेर सवैले जान्नुपर्छ । यो घमण्डमा मात्र एमाले चुलियो भने देशलाई अत्यन्त खतरनाक अवस्थामा लैजान यो नै मुलवाटो वन्नपुग्छ । जुन कुरा एमालेमा रहेका बौद्धिक समूदायले समेत गम्भिरतापूर्वक लिनु पर्छ र घमण्डको खाडलवाट एमालेलाई बचाउनु पर्छ ।
अहिले माओवादीले जनयुद्ध हुँदै परिवर्तनको अवस्थासम्म पुगेर उपलब्धि लिन सकेको गणतन्त्रलाई एमालेलाई संझना भए गणतन्त्र आउनु र गाडा चढेर चन्द्रमामा जानु एउटै कुरा हो भनेको संझना गर्नु आवश्यक छ । किनभने ओलीले नै यो कुरा भनिरहेका र अहिले गणतन्त्रको नेता र परिवर्तनकारी पनि मै हुँ भनेवाट पनि उनि अझ ठूलै जोक्कर हुन् भन्ने स्पष्ट भैरहेको छ । यस्तो उट्फट्यां कुरा जोकरलेमात्र गर्छ । किनभने जोक्करलाई दर्शकहरुलाई हसाउनु र मनोरञ्जन दिनुपर्छ । यसर्थ ओली आफैले गणतन्त्र ल्याएको हो भन्ने दावि गरिरहनु पनि हास्यास्पद नै हो ।
प्रचण्डको बुईचढेर प्रधानमन्त्रि हुने अनि प्रचण्डकै नेतृत्वमा भएका उपलब्धि आफ्नै हो भनेर फुर्ति गर्दै हिड्दाको यो सफलताले देशमा कति उपलब्धि देला भन्न गारो छ । किनभने उनले महाकाली संन्धि गर्दा एक खरव विस अरव नेपालले पाउँछ भनेर सिंगै नदि भारतलाई सुम्पिएको कुरा पनि जनताले नविर्सनु पर्ने हो । फेरी अधा सचियो भनेर हतार हतार ज्ञानेन्द्रको सरकारमा लम्पसार परेको कुरा पनि संझना छ की ओलि र ओली समूदायलाई ।
अहिले प्रचण्ड र देउवा मिलेको ठिकै हो । यि दुवै परिवर्तनकारी शक्तिको रुपमा उपस्थित हुन सकेका छन् । किनभने कांग्रेशले पनि संवैधानिक राजतन्त्र छाडेर गणतन्त्रमा जाने ऐतिहासिक निर्णय गरेर प्रचण्डले राखेको माग र प्रचण्डकै जनयुद्धको आधारभूमिमा सफलतापूर्वक गणतन्त्र ल्याउने काममा एकाकार हुनपुगेकै हो । यस अवस्थामा एमाले भने ज्ञानेन्द्रको साशनमा आधा सचियो भनेर दाम चढाएर लम्पसार परेको कुरा पनि सवैको सामू स्पष्ट नैछ ।
यस्तो दोधारे चरित्रले यथास्थितिमा अल्मलमा परेको एमाले आजै गणतन्त्र आफैले ल्याएको हो भनेर दावि गरिरहनु पर्दा अलिकति लाज लाग्नु पर्ने नै थियो । फेरी यतिखेर एमाले राप्रपा र ज्ञानेन्द्रसंग मिलेर चुनावमा गएको पनि हो । यसैले षढयन्त्रकारी जत्थाको रुपमा यो परिवर्तनको वाधक वनेको कुरा अव सवैले बुझ्नु पर्छ ।
अहिले चितवनको चुनावको कुरामा रडाको मच्चाउने काम एमालेले नै गरेको छ । फेरी चुनाव भएपनि त जित्नेले त खुशीनै मान्नुपर्ने । फेरी चुनाव हुँदा एमालेले जिते भै गो नी । फेरी माओवादीले मतपत्र च्यातो भन्ने आरोप एकातिर छ भने एमालेले च्यात्यो भन्ने अर्को तिरवाट आईरहेको छ । माओवादीले नै मत पत्र च्यात्ने भए चारहजारले एमाले अगाडी हुँदा नै च्यात्न सक्थे होलान् । यहाँ त थोरै मतले भएपनि माओवादीको जित हुने भयो भनेर आँतिएर नै एमालेले यो वितण्डा मच्चाएको हो जस्तो लागेको छ ।
यस अर्थमा अहिले एमाले पञ्चयतको अर्को संस्करणको रुपमा देखिएको छ । यो घमण्ड र तुजुकलाई ठिकठाउमा ल्याउन सकिएन भने । देशले ठूलो दुर्घटना वेहोर्नु पर्ने अवस्था आउँछ । अहिले प्रचण्डले देखाएको उदारता र चिनसंगको सहकार्यवाट मुलुकको आर्थिक अवस्थामा सुधार हुँदै गर्दा जनताले सुविधा पाएका छन् । एमालेले नै निकम्मा भनेर फालेका कुलमान प्राधिकरणममा आएपछि चौविसै घण्टा जनताले वत्ति पाएका छन् । फास्ट ट्य्राक वन्ने नै भयो । यो भारतको हातबाट खोसेर आर्मीलाई दिने साहस गर्ने प्रचण्ड नै हुन । यि सवै उपलब्धिलाई ओझेलमा पारेर एमाले मात्र ठूलो हुँ भन्ने घमण्ड पञ्चायती संस्कार भन्दा पनि खतरनाक हो ।
अहिले एमालेले चुनाव जिते भनेर कुनै फूर्ति र घमण्ड गर्नु जरुरी छैन । किनभने यथास्थितिवादी शक्ति यहाँ अझै हावी छ । यसैको परिणाम अहिलेको चुनाव वनेको छ । यो यथार्थ हो र २०३६ साल पछि नानी मैयालाई पनि जनताले व्यवस्थाको व्यंग गर्दै जिताएकै थिए । एमालेले अहिले जित्नु भनेको नानीमैया चुनावको पनि संझना गर्नु पर्छ भन्नेहरुको पनि कमिछैन । ओलीले सायद यो वितण्डा नगरेर कम्यूनिष्ट पार्र्टीको नेतृत्वको सरकार बचाएर पाँचै बर्ष चलाएको भए अहिलेको चुनावको परिणाम कस्तो हुने थियो ? सोच्नु पर्ने अवस्था हो । एमालेलाई अझै पनि मौका छ सच्चिन सकिन्छ । एमालेको नेतृत्वको घमण्डको पछि नलागे एमालेका ईमान्दार कार्यकर्ताले अनेकौ मौका पाउन सक्ने अवस्था विद्यमान छ ।
एमालेले यो कुरा बुझेर सवैसंग सहकार्य गर्नु नै उचिन हुन्छ । घमण्डले होईन सवैसंगको सहकार्यले मात्र देश बनाउन सकिन्छ । एमालेको मति सप्रियोस् । एमालेमा रहेका असल कार्यकर्ताले यो कुरा बुझेर सवैसंग हातेमालो गर्ने प्रयाश गरुन् ।