दुखदः भैरहवाबाट जनकपुर जाँदै गरेको बस रुपन्देहीमा पुलको बार भाँचेर खसेर दुर्घटना, ९ जनाको मृत्यु

दुखदः भैरहवाबाट जनकपुर जाँदै गरेको बस रुपन्देहीमा पुलको बार भाँचेर खसेर दुर्घटना, ९ जनाको मृत्यु

  • आइतवार, जेष्ठ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

जेठ २२ रुपन्देही । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीको रोहिणी पुलको बार भाँचेर नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ । सो भीषण दुर्घटनामा परी कम्तीमा ९ जना यात्रुको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन् ।

आज बिहान साढे चार बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुर स्थित पुलबाट रोहिणी नदीमा बस खसेको थियो।

दुर्घटनामा परेको लु २ ख ३८४१ नम्बरको बसमा ३३ जना सवार रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा अन्य २४ जना घाईते भएका छन् । उनीहरुको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ