त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक

  • आइतवार, जेष्ठ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । 
 
प्रा.डा.त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गर्नुभयो ।

त्यसै गरी नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन अति विशिष्ट योगदान गर्नुहुने श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

साथै नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्नुहुने श्री शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।
समारोहमा जनही पच्चीस हजार रूपियाँ राशि सहितको ‘भद्र घले पदक’ श्री तारानाथ दाहाल र प्रा.डा.उषा ठाकुरलाई प्रदान गरियो। यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ ।

प्रा.डा.त्रिपाठीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो । निम्न लिखित महानुभावहरुलाई यस वर्ष ‘शताब्दी पदक’ प्रदान गरिएको छ- सर्वश्री अजरमान जोशी, अनुकृतिका, अनुराधा थापा, अमर मिरिङचिङ, आभा श्रेष्ठ कर्ण, डा.कञ्चनजङ्घा प्रसाई, कलाधर काफ्ले, कावेरी जोशी, कृष्णगोपाल श्रेष्ठ, केशवकृष्ण जोशी, गङ्गा मुल्मी, गोपालनाथ योगी, चन्द्रा ओडारी, जीवन आले, जीवेन्द्र सिम्खडा, ढण्डुराज घिमिरे, तारानाथ दाहाल, तुलसीहरि कोइराला, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल, नृपेन्द्रलाल श्रेष्ठ, पूर्ण लामा, पूर्णकला लिम्बू विष्ट, प्रमोद प्रधान, प्रा.प्रेमशान्ति तुलाधर, प्रा.डा.बालमानसिंह कार्की, मणि लोहनी, मनोज बर्मा, मीना बज्राचार्य, यमुना श्रेष्ठ, यशोदा अधिकारी, युवराज नयाँघरे, रमण घिमिरे, श्री राजितबहादुर श्रेष्ठ, प्रा.डा.राज्यश्री श्रेष्ठ, डा.लेखप्रसाद निरौला, लोग्सरी कुँवर, वसन्तकुमार चौधरी, विन्दा रखाल, विराजकाजी राजोपाध्या, प्रा.डा.वीणा पौड्याल, शान्तराज शाक्य, शान्ति शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, सन्तोष देवकोटा, प्रा.डा.सावित्री कक्षपती, सिर्जना तिमिल्सिना, सुनील महर्जन, प्रा.डा.सुरज बज्राचार्य, सुरेन्द्रभक्त श्रेष्ठ, सुशील अर्याल, सुशीला तामाङ, डा.हरिप्रसाद पोखरेल (मानसाग्नि), हेमा मानन्धर, ज्ञान उदास, ज्ञानु अधिकारी र ज्ञानेन्द्र विवस ।

‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नु भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, पुरस्कृतहरु गोविन्दराज विनोदी, श्रीमती मिथिला शर्मा, शैलेन्द्र साकार तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्नो मन्तव्य प्रकट गर्नुभयो ।

समारोहमा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष मुक्तक सम्राज्ञी उषा शेरचनले कविता वाचन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी