सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक सय विद्यार्थी ईजरायल जादैँ

सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक सय विद्यार्थी ईजरायल जादैँ

  • शनिबार, जेष्ठ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा अध्ययनरत एक सय जना विद्यार्थी इजरायल जाने भएका छन् । सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत विश्वविद्यालयको विभिन्न संकाय तथा आङ्गिक क्याम्पसमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय जना विद्यार्थी छनोट भएका हुन्।

इजरायल जान इच्छुक २७३ जना बिद्याथीले आवेदन दिएकोमा १६८ विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए। छनौट भएका उक्त बिद्याथीलाई इजरायल बाट आएको टोलीले नै बिहिवार र शुक्रवार दुई दिन मौखिक अन्तरवार्ता लिएको थियो ।

बिद्यार्थीको अन्तरवार्ताका लागि नेपालका लागि इजरायलका राजदूत हनान गोदेर आफै उपस्थित भएका थिए । ईजरायलको रमात नेगेभ ईन्टरनेसनल ट्रेनिगं सेन्टर फर एडभान्स्ड एग्रिकल्चर नामक संस्थाका लागि विद्यार्थीहरु छनौट भएका हुन् ।

राजदुत गोडरको उपस्थितीमा सो संस्थाका निर्देशक डा. युभल काय र एलोन मेलचिओरले अन्तवार्ता लिएका थिए । उनीहरु बिद्यार्थी छनौट प्रकृया सम्पन्न गर्न नेपाल स्थित इजरायल दुतावासको समन्वयमा भरतपुरस्थित विश्वविद्यालय आएका थिए । अन्तरवार्ताका क्रममा विश्वविद्यालयका तर्फबाट भने कुनै प्रतिनिधिलाई प्रवेश दिईएको थिएन । अन्तरवार्ता पछि छनौट भएका एक सय जना र वैकल्पिक सूचीमा रहेको १० जनाको नामावली प्रकाशन गरिएको थियो ।

छनौट भएका बिद्यार्थीहरुले ईजरायलमा ११ महिना सम्म कृषिको सैद्धान्तिक र व्यवहारीक अध्ययन र तालिम लिनेछन् । साथै ईजरायली मापदण्ड अनुसार तलव सुविधा समेत पाउनेछन् ।


अन्तवार्ता पछि शुक्रवार नै ईजरायली राजदुत हानन गोदेर, इजरायलका लागि नेपालका राजदूत डा. कान्ता रिजाल, विश्वविद्यालयका उपकुलपति डा. पुन्य प्रसाद रेग्मी, रजिस्ट्रार एवं बिद्यार्थी छनोट समिति संयोजक प्रा.डा.शारदा थपलिया, कृषि अभियान्ता शिव अधिकारी, विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका डिन प्राडा होम बं बस्नेत, वन संकायका डिन प्रा.डा बलराम भट्ट, योजना निर्देशनालयका निर्देशक प्राडा शिव चन्द्र ढकाल लगायतको उपस्थितीमा बिद्यार्थीहरुलाई अभिमूखिकरण कक्षा सन्चालन गरिएको थियो ।

ईजरायली दुतावासले छनौट भएका युवा विद्यार्थीलाई शुभकामना दिएको छ । सन् २०१३ देखि शुरु भएको सिक्ने र कमाउने यो कार्यक्रममा हाल सम्म नेपालबाट तीन हजार मानिस ईजरायल पुगिसकेका छन् ।

उनीहरुले त्याहाँ सिकेको सिप र तालिम एवं आधुनिक कृषि प्रविधि नेपाली कृषकमाझ आदान प्रदान गनुका साथै धेरै जसोले आधुनिक कषि परियोजनाहरु सञ्चालन समेत गर्दै आएका छन् । एएफयूबाट भने पहिलोपटक बिद्यार्थी लैजान लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी