पल शाह अझै जेलमै रहने, रिहा गर्न उच्च अदालतद्धारा अस्वीकार

पल शाह अझै जेलमै रहने, रिहा गर्न उच्च अदालतद्धारा अस्वीकार

  • बिहिबार, जेष्ठ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, १९ जेठ । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह ९पूर्णविक्रम०लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले
पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौंटीमा छुटेका थिए ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।

एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी