तारा एयरको विमान मुस्ताङको थासाङको मानापाथी हिमालमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

तारा एयरको विमान मुस्ताङको थासाङको मानापाथी हिमालमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

  • आइतवार, जेष्ठ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीन अटर विमान मुस्ताङको थासाङ स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमालको फेदीमा रहेको ल्याङकु खोलाको मुहानमा उक्त विमान खसेको हो ।

स्थानीयले मानापाथी हिमालको फेदीमा आगो बलेको देखिएको र त्यो जहाज भएको सुचना दिएपछि सुरक्षाकर्मी त्यसतर्फ गईरहेका छन् ।

सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली स्थानीय सबै परिचालित भएका थिए ।
अहिले घटनास्थलमा उद्धारका लागि सेना, प्रहरी सहितको टोली पुग्ने प्रयास गरीरहेको छ ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ