पत्नीको विभत्स हत्यामा संलग्न पूर्व डिआईजी रञ्जन कोईराला पक्राउ

पत्नीको विभत्स हत्यामा संलग्न पूर्व डिआईजी रञ्जन कोईराला पक्राउ

  • शुक्रबार, जेष्ठ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

जेठ १३ काठमाण्डौँ । पत्नी गीता ढकालको विभत्स हत्या आरोपमा जेल सजाय घटेर छुटेपनि सर्वोच्चले पुरै अवधि बस्नु पर्ने भनी फैसला गरेको भोलिपल्टै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।

सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सजाय उच्च अदालतले तोकेकै कायम गरेपछि उनलाई प्रहरीले आज वानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले अदालतमा पुर्याएर डिल्ली बजार कारागार लैजाने प्रकृया थालेको छ ।
उनी अझै साढे ११ वर्ष जेलमा बस्नु पर्नेछ । यस अघि साढे आठ वर्ष बसिसकेका छन् ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंक बहादुर मोक्तान र डा कुमार चुँडाल रहेको पूर्ण इजलासले मुद्दाको पुनरवलोकन गर्दै केही उल्टीको फैसला गरेको थियो।
यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो।

महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरवलोकन रिट दायर गरेको थियो।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ