फेसबुकमा युवतीको नांगो तस्बिर सार्वजनिक गर्ने धम्की दिने प्रहरी जवान पक्राउ

फेसबुकमा युवतीको नांगो तस्बिर सार्वजनिक गर्ने धम्की दिने प्रहरी जवान पक्राउ

  • शुक्रबार, जेष्ठ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १३ वैशाख । फेसबुकमार्फत साथी बनेकी युवतीका अन्तरंग तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए ।

रौतहटको भवानीपुर गाउँपालिका-४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर म्यासेज, च्याट तथा भिडियो कलबाट उनका गोप्य तस्बिर लिएका थिए । पछि तिनै तस्बिरहरू सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । त्यसविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति पाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर युवतीका गोप्य तस्बिर आफन्त तथा साथीभाइलाई पठाएको आरोपमा अर्का एकजनालाई पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१७ घर भइ सुनसरीको धरान उपमहानगरपालिका(३ बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भनिने मोहम्मद कासीम छन् ।

कासीममाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ । उनलाई पनि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर ब्युरोले थप अनुसन्धान थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ