जेष्ठ १२ काठमाण्डौँ । सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसलालाई बदर गर्दै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई जन्म कैद हुने ठहर गरेको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उनलाई पुनः जेल बस्नु पर्ने गरी फैसला गरेको हो ।
आफ्नै श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला अदालत काठमाडौंले कोइरालालाई जन्मकैद फैसला सुनाएको थियो। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो। कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए।
डीआईजी पदमा बहाल रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारेर जंगलमा लगेर जलाएका थिए । कोइरालाले २० वर्ष कैद सजाय भुक्तान गर्नु पर्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline