उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

  • मङ्लबार, जेष्ठ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जेठ १० काठमाण्डौँ । त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा।डा।उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ समर्पण गर्ने त्रिमूर्तिको पूर्व बैठकबाट निर्णय भैसकेको थियो ।

प्रमाणपत्र र पदकका साथ भद्र घले पदकको राशी जनही पच्चीस हजार रूपियाँ रहेको छ । आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा श्री गोविन्दराज विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार, श्रीमती मिथिला शर्मालाई बालकृष्ण सम पुरस्कार, श्री शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कारका साथै ५९ जना महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक र दुई जनालाई भद्र घले पदक पनि समर्पण गरिने कार्यक्रम रहेको छ ।

भद्र घले पदक हरेक वर्ष त्रिमूर्ति निकेतनका सदस्यहरुमध्ये एक जनालाई समर्पण गरिन्छ । यसभन्दाअघि सर्वश्री नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा।सत्यमोहन जोशी, हरिहर विरही, डा। मोदनाथ प्रश्रित, प्रा।ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा।डा।गार्गी शर्माले ‘भद्र घले पदक’ ग्रहण गरिसक्नु भएको थियो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी