बिरगंज १० जेठ । मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाले झण्डा गाडेको छ । सत्तागठबन्धनबाट मेयरका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
वीरगन्ज महानगरका ३२ वटै वडाको मङगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार ,जसपाले १३ ओटा वडा र नेपालि काग्रेसले ९ ओटा वडा र नेकपा एमालेले ८ ओटा वडा र लोसपाले २ ओटा वडा हात परेको छ ।
नेकपा एमालेका मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।
महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाइ तेब्बर भन्दा बढि मत अन्तरले पराजित गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन् ।