जेठ ९ भोजपुर । दोस्रो पटक माओवादी केन्द्रका तर्फबाट भोजपुर आमचोक गाँउपालिकाको अध्यक्ष बनेर पदवहालीगरेसँगै जनमुखि निर्णय गरेका छन् ।
दुर्गम क्षेत्रमा पर्ने सो पालिकामा ज्येष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिन जान आउन समस्या देखिएको र सरकारी कार्यलयमा आउन समस्या देखिएकाले उनीहरुलाई निशुल्क यातायात सञ्चालन गर्ने र मृगौला पीडित एवं अन्य घातक दीर्घ रोगीका लागि उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग दिने पनि निर्णय गरेका छन् ।
१० वटा वडा रहेको यस पालिकामा काँग्रेस र एमालेको गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष राई र उपाध्यक्ष सिता राई विजयी हुनुका साथै पालिकाको ६ वटा वडाहरु माओवादीले जितेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline