जेष्ठ ८ सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । लौरो चिन्हबाट चुनाव लडेका उनले अप्रत्यासित रुपमा काँग्रेस माओवादी गठबन्धनलाई स्तव्ध पार्दै मेयरमा हात पारेका हुन् ।
उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ ।
त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline