बीरगञ्ज ११ मा जसपाको प्यानलै विजयी

बीरगञ्ज ११ मा जसपाको प्यानलै विजयी

  • आइतवार, जेष्ठ ८, २०७९
  • दिपक चौरसिया

  • 6.6K
    SHARES

बिरगंज ८ जेठ । बिरगंज महानगरपालिका वडा नम्बर ११ मा जसपाका सम्पूर्ण पैनल बिजय भएको छ । जसपा पार्टिबाट वडा ११ बाट अध्यक्षपदमा उम्मेदवारी दिएका अजय कुमार बरै विजयी भएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा एमालेको गढ रहेको श्रीपुरमा यसपालि जसपाले आफ्नो झण्डा गाडेको हो । आज बिहान सकिएको उक्त वडाको मतगाण्नाको अन्तिम परिणाम अनुसार , उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेश्वरलाल महत्तोलाइ १९९ मत अन्तरले पराजित वडा अध्यक्षमा बरै निर्वाचित भएका हुन् ।

बरैले ९८३ मत पाउदा काँग्रेसका महत्तोले भने ७८४ मत पाएका छन् । निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रधुम्न सेढाइ भने ५६१ मतका साथ तेश्रो स्थानमा सिमित हुन पुगेका छन् । २०७४ को निर्वाचनमा बरै , निवर्तमान वडाअध्यक्ष सेढाइसंग १७२ मतले पराजित भएका थिए ।

पटक(पटक वडा अध्यक्ष बनेका नेकपा एमालेका उम्मेदवार प्रद्युमन प्रसाद सेढाई र कांग्रेसका उम्मेदवार महेश्वर लाल महतोलाई पराजित गर्दै चौरसिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिले सम्म २१ ओटा वडाहरुको नतिजा आइसकेको छ र ११ ओटा वडाहरु को आउन बाखी रहेको छ । अहिले सम्म जसपाले ९ ओटा वडाहरु जितेको छ भने नेपाली काग्रेसले ७ ओटा वडाहरु जितेको छ र नेकपा एमलेले ४ ओटा र लोसपाले एउटा जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी