जबर्जस्ती करणी आरोपमा कन्सलटेन्सीका सञ्चालक पाण्डे पक्राउ

जबर्जस्ती करणी आरोपमा कन्सलटेन्सीका सञ्चालक पाण्डे पक्राउ

  • शनिबार, जेष्ठ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता अयोजना गरी आफूमाथि जबर्जस्ती करणी गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उक्त कार्यालयबाट खटिएको टोलीले आज साँझ पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा ती युवतीद्वारा सार्वजनिक श्रव्य सामग्रीमा पाण्डेमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर करणी गरेको आरोप लगाइएको छ । उक्त घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त भिडियोमा उल्लिखित विषयमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको छ । समितिले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको संयोजक कुँवरले राससलाई जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ