सौन्दर्य प्रतियोगितामा आयोजकद्धारा युवतीलाई बलात्कार गरेको घटना अनुसन्धान गर्न समिति गठन

सौन्दर्य प्रतियोगितामा आयोजकद्धारा युवतीलाई बलात्कार गरेको घटना अनुसन्धान गर्न समिति गठन

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, ६ जेठ । सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा किशोरीमाथि आयोजकद्धारा बलात्कृत भएको घटनाको छानबिन गर्न छानविन समिति बनाईएको छ । ८ वर्षअघिको घटना अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको हो।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन्।

समितिले शुक्रबारबाटै काम सुरु गरेको छ। पीडित युवतीको हिंसा सम्बन्धी भिडियोबारे ध्यानाकर्षण जनाउँदै गृहमन्त्री खाणले भिडियोबारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजकबाटै बलात्कारमा परेको भन्दै भिडियो सार्वजनिक गरेपछि पीडित युवतीलाई न्यायको माग गर्दै युवाहरु प्रदर्शनमै उत्रेका छन्। उनीहरुले बलात्कार मुद्दामा एक वर्षे हदम्याद हटाउन माग गरेका छन्। एक वर्ष हदम्याद कानुन संशोधन गर्न सडकदेखि सदनसम्म आवाज उठेको छ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ