सौन्दर्य प्रतियोगिता बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

सौन्दर्य प्रतियोगिता बलात्कार घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, ६ वैशाख। ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो ।

प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयकाबाट प्रहरी टोली उनको घरमा पुगेको हो ।

कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर कुराकानी गरिएको र कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले उनको परिवारसँग पनि भेट गरेको छ ।

बुधबार टिकटकमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफू बलात्कृत भएको बताएकी थिइन् । भिडियो भाइरल बनेपछि प्रहरी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले उनको खोजी गरेका थिए । अधिकारकर्मीसँगै प्रहरीले पनि उनकोबारेमा जानकारी लिएको हो ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले किटानी जाहेरी दिन नसक्ने अवस्था आएको छ । यस्तो अवस्थामा कुन कानुनलाई आधारमा मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रहरीले छलफल गरिरहेको छ ।

यो विषय संसदमा समेत प्रवेश गरेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले यो विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका दिए ।

सामाजिक सञ्जालमार्फत तरंग नै पैदा गरेको यो घटनामा सबत्र चासो देखिएको छ । २० वटा भिडियोमा त्यो बेलाको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनले हद म्यादका कारण न्याय नपाउने अवस्था रहेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले त्यसपछि भिडियो बनाउँदै आफू बलात्कृत हुँदा पनि न्याय नपाउने अवस्था आएको बताएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ