गोरखामा स्वतन्त्र उम्मेद्वार : जसले आफैंलाई भोट हालेनन्

गोरखामा स्वतन्त्र उम्मेद्वार : जसले आफैंलाई भोट हालेनन्

  • बिहिबार, जेष्ठ ५, २०७९
  • अश्विन दानी

  • 10.5K
    SHARES

गाेरखा, ५ जेठ  । दलबाट होस्, या स्वतन्त्र उम्मेद्वार । चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’ । भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो ।’

तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ । वडा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका हिरा बहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैंले आफैंलाई समेत मतदान गरेनन् ।

रेग्मी नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए । माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए  ।

यस वडामा १९०५ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक हुुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ