आठ जनालाई नइ बाल पुरस्कार

आठ जनालाई नइ बाल पुरस्कार

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ४ जेठ ।
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना ढङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री रशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।

नइ प्रकाशनले १० वर्षीय सुश्री सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।

ताम्रपत्रका साथ ‘नइ कोपिला पुरस्कार’को राशि जनही सात हजार पाँच सय रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी