उदयपुरको दनुवारबेसीमा कार दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

उदयपुरको दनुवारबेसीमा कार दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जेष्ठ ४, उदयपुर । उदयपुरको दनुवारबेसीमा कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

वीरगंञ्जबाट विराटनगर जाँदै गरेको बा २५ च ७८१९ नम्बरको कार मदन भण्डारी राजमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको वैद्यनाथ खोला पुलमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।

मंगलबार राति ९ बजे भएको दुर्घटना भएको हो । घाइते भएकामध्ये मोरङको विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईंको जिल्ला अस्पताल गाईघाटमा उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । राति कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

घाइतेहरुमा कार चालक मोरङ विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईंको शव जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ