काठमाडौं लगायत मुलुकका बिभिन्न स्थानमा बर्षा, चट्याङ लागेर किशोरीको मृत्यु

काठमाडौं लगायत मुलुकका बिभिन्न स्थानमा बर्षा, चट्याङ लागेर किशोरीको मृत्यु

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, २ जेठ ।
काठमाडौं लगायत मुलुकका बिभिन्न स्थानमा बर्षा भईरहेको छ । आज बिहानै देखि केहि स्थानमा बर्षा भईरहेको छ भने काठमाडौंमा दिउँसो केहि समय घाम लागेर अपरान्ह देखि निरन्तर पानि परिरहेको छ । पानी सँगै चट्याङ पनि परेको छ ।
यसैक्रममा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो ।

घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ