तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका बुढा विजयी

तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका बुढा विजयी

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पोखरा, १ जेठ ।

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्राे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए ।

बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नाै सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी इशु रसाइलीले एक हजार नाै सय ५८ मत पाएकी छन् ।

तमानखोलाको वडा भने दुई दलले आधा आधा जितेका छन् । १, २ र ४ मा माओवादी तथा ३, ५ र ६ मा कांग्रेस विजयी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ