• आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

कञ्चनपुर, १ जेठ

भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो ।

सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पुनः निर्वाचनको माग गरेका हुन् ।

भीमदत्तमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका महेश पन्तले वडा नम्बर २ मा पुनः निर्वाचन नहुँदासम्म अन्य वडाको मत गणनामा सहभागी नहुने बताए ।

राज्यशक्तिको दुरूपयोग गर्दै जनमतको अपमान गर्ने काम भएको भन्दै उनले पुनः निर्वाचन हुनुपर्ने माग गरेका हुन् । वडा नम्बर १ को मत गणना भने भइसकेको थियो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आशेफ कुँवर निर्वाचन भएका छन् । विवादपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा राजनीतिक दल, निर्वाचन कार्यालयका अधिकारी, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारी सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ