सोलुखुम्बुमा दोहोरो झडप, एक जनाको मृत्यु

सोलुखुम्बुमा दोहोरो झडप, एक जनाको मृत्यु

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

वैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । मतदातालाई घर लैजाने विषयमा विवाद सुरु भएको थियो ।

वडा नम्बर ३ मा मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो । दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो ।

भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा सुदिप राई घाईते भएका थिए । शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ