मतदान केन्द्रबाट फर्किंदै गरेका सहायक मतदान अधिकृत हृदय ढकालको मोटरसाईकल दुर्घटनामा मृत्यु

मतदान केन्द्रबाट फर्किंदै गरेका सहायक मतदान अधिकृत हृदय ढकालको मोटरसाईकल दुर्घटनामा मृत्यु

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

सुर्खेत, वैशाख ३० । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक आज साँझ कर्णाली प्रदेश ०२ ००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा हायक मतदान अधिकृत ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।

उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैठौं अधिकृत हुन्।

उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो।

मोटरसाईकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएको थिए। प्रहरीका अनुसार ढकालको घटनास्थलमै मृत्यु भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ