व्यास नगरपालिकाका मेयर उम्मेदवार दिपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताद्धारा मतदानस्थलमा नै कुटपिट

व्यास नगरपालिकाका मेयर उम्मेदवार दिपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताद्धारा मतदानस्थलमा नै कुटपिट

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

वैशाख ३०, तनहुँ । व्यास नगरपालिकामा मेयरका उम्मेदवार दिपकराज जोशीलाई नेपाली कांग्रेस कार्यकर्ताले कुटपिट गरेका छन् । व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो ।

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी चढेको गाडीसमेत युवाले पल्टाइदिएका छन् । जोशीलाई उपचारका लागि दमौली अस्पताल ल्याइँदै छ । अहिले उक्त मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । उक्त मतदान केन्द्रमा आफ्नो प्रतिनिधिबिनै मतदान गराइरहेको भन्ने सूचना आएपछि जोशी त्यहाँ पुगेका थिए ।

उक्त मतदानस्थलमा पुग्दा आफ्ना प्रतिनिधि कोही नदेखिएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि आक्रमण भएको जोशीले बताए । जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन । उनले एमालेसँग गठबन्धन गरी मेयरमा उम्मेदवारी दिएका हुन् । रिस्ती कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँसमेत हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ