भरतपुरमा जगन्नाथ पौडेलको फोटो भिडियो खिच्न खोज्दा पत्रकारमाथि दुर्व्यवहार, क्यामेरा फटाईदिने कांग्रेस कार्यकर्ताको धम्कि(भिडियोसहित)

भरतपुरमा जगन्नाथ पौडेलको फोटो भिडियो खिच्न खोज्दा पत्रकारमाथि दुर्व्यवहार, क्यामेरा फटाईदिने कांग्रेस कार्यकर्ताको धम्कि(भिडियोसहित)

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

भरतपुर, ३० वैशाख । फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूलाई भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माविको मतदानस्थलमा कांग्रेसका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर-७ का सभापति विनोद ढकालको समूहले दुर्व्यवहार गरेको हो ।

पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको धम्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहीबाट मतदान गर्ने भएपछि उनीहरूले पत्रकारलाई समेत धम्की दिएका हुन् ।

आफै हिँड्न सक्ने र देख्न सक्ने आमाबाबुकाे मतदान छाेराले गरिदिए

भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा छाेराले आमाबाबुकाे मतदान गरेका छन् । भरतपुर-७ का वडा सदस्य राजेन्द्र तामाङले आमाबुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफू जनप्रतिनिधि पनि भएको भन्दै दुवैकाे मतदान उनैले गरेका हुन् ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफू जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।

मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए । मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफूले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गरिदिसके । मिडियामा नल्याउनू । मिडियाबाजी किन गर्नु ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए । ‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए ।

गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी