रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २९ वैशाख  ।
नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी शिक्षासेवामा समर्पित शिक्षाविद् डा सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईका अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सनातन हिन्दूधर्म, संस्कृतिको सम्वद्र्धन, संरक्षण तथा जागरणका लागि क्रियाशील प्रा डा माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय पनि गरेको छ ।

नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति वरिष्ठ पत्रकार भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

यस्तै सामाजिक जागरण र जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत कलाकार सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउन योगदान गरेबापत प्रा डा दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, स्वास्थ्य विज्ञानमा समर्पित रहँदै नेपालमा टेष्टट्युब चिकित्साको गुरुत्तर भूमिका, सफल प्रयोग र योगदानका लागि डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ र गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पु¥याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेबापत डा रामदयाल राकेशलाई भने ‘नइ भाजप पुरस्कार’ दिइने छ । आठै पुरस्कार ताम्रपत्रसहित जनही रु एक लाख राशिको हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी