माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्धारा १० राउण्ड हवाइ फायर

माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्धारा १० राउण्ड हवाइ फायर

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

मुगु , २९ वैशाख। सोरु गाउँपालिका-३ भिँईगाउँमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ ।

झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।

सोरु गाँउपालिका—३ मा बुधबार राति ११ बजे कांग्रेसका कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि भिड नियन्त्रण लिन गरु माबि मतदान केन्द्रमा खटिएका प्रहरीले हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हमालले दिएको जानकारीअनुसार माओवादीबाट वडाध्यक्ष उम्मेदवार रोकायाको घरलाई कांग्रेस कार्यकर्ताले घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले फायर गरेर भिड नियन्त्रणमा लिएको हो।

हवाई फायरपछि भिड तितरवितर भए पनि पुनस् दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाइएको डीएसपी हमालले बताए।

बुधबार दिउँसोबाट दुई पक्षबीच भएका वादविवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन। राति ११ बजे दुई पक्षबीच भएको विवादले प्रहरीले हवाई फायर गरेपछि नियन्त्रणमा आएपछि आज सर्वपक्षीय बैठक सम्पन्न भएको गुरु माबि मतदान केन्द्रका मतदान अधिकृत यमबहादुर मल्लले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ