उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

उदयपुर, २९ वैशाख। उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएकाे छ ।

जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चार वटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने व्यवस्था मिलाएको बताए । उदयपुरगढी गाउँपालिका–५ को पञ्चावती माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–९ को रातमाटे आधारभुत विद्यालयमा रहेको दुई मतदान केन्द्रमा महिला मात्र खटिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ