पाँचथरका जिसस प्रमुखविरुद्ध कांग्रेस कार्यकर्ता कुटाएको आरोप

पाँचथरका जिसस प्रमुखविरुद्ध कांग्रेस कार्यकर्ता कुटाएको आरोप

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २९ वैशाख।

पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ ।

२३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको सापकोटालाई आरोप लागेको हो ।

सापकोटाको घर सोही गाउँपालिकामा पर्छ । मौन अवधि छँदै गएराति सोही गाउँपालिकाको वडा नम्बर १, २ र ३ का एमालेका कार्यकर्ताहरू ल्याएर कांग्रेस कार्यकर्ताहरूलाई कुटपिट गराएको उनीमाथि आरोप लागेको हो ।

उनलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न लगाएको पनि आरोप लागेको छ । तर, सापकोटाले भने दुवै आरोप अस्वीकार गरेका छन् । उक्त गाउँपालिकामा एमाले तुलनात्मक रूपमा अन्य दलभन्दा बलियो छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो । तर, २०७६ को मंसिर १४ गते भएको उपनिर्वाचनमा भने उक्त गाउँपालिकाको वडा नम्बर–७ मा कांग्रेसले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ