आज मेघगर्जन र चटयाङ्गसहित वर्षाको सम्भावना, भाेलि यी प्रदेशमा वर्षा हुनसक्छ: माैसम पूर्वानुमान महाशाखा

आज मेघगर्जन र चटयाङ्गसहित वर्षाको सम्भावना, भाेलि यी प्रदेशमा वर्षा हुनसक्छ: माैसम पूर्वानुमान महाशाखा

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडाैं, २९ वैशाख। आज र भाेलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसाे प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज बिहिबार दिउँसाे भने प्रदेश-१, मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ।बिहिबार राती भने प्रदेश-१ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ