नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

दाङ, २९ वैशाख। नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे ।

नेकपा बहुमतका नेता गुणराज लोहनीका अनुसार बाँस्तोलालाई दाङको भालुवाङमा राखिएको छ । बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै लोहनीले तुरुन्त रिहा गर्न माग गरेका छन् ।

हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बास्तोला नेकपा बहुमतका संयोजक बनेका थिए ।

बुधबार साँझ बुटवलमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विभाजन भई उनले केही दिनअघि मात्र नयाँ पार्टी गठन गरेका थिए ।

निर्णय गरेपनि विप्लव प्रकाण्डले विभिन्न स्थानीय तहमा आफ्नै पार्टीका नेता कार्यकर्तालाई उम्मेदवार बनाएर चुनावमा होमिएपनि बास्तोलाको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।

स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

  • फाईल तस्बिर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ