कञ्चनपुर, २८ बैशाख।
मंगलबार र बुधबार गरि दुईदिन कञ्चनपुरको बेलौरी र लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ताको आक्र्रमणमा परी माओवादी र समाजवादीका उम्मेदवार घाईते भएका छन ।
मंगलबार बेलौरीमा एमाले नेता कार्यकर्ताको आक्र्रमणमा परी नेकपा एकीकृत समाजवादीका तर्फबाट बेलौरी नगर उप मेयरका उम्मेदवार नन्द कुमार राना र माओवादी केन्द्र तर्फबाट लालझाडी १ का वडाध्यक्ष दिनेश राना घाईते भएका छन । घाईते दुवैको धनगढीको अस्पतालमा उपचार भईरहेको छ । दुईदिन श्रृखलाबद्ध घटनालाई लिएर कञ्चनपुरका राना थारु समुदाय एमालेप्रति रुष्ट देखिएका छन । जिल्लाका रानाथारु समुदायका अगुवाहरुले २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आएपछि राना थारु समुदायका उम्मेदवारमाथि भौतिम आक्र्रमण बढिरहेको बताएका छन ।
लालझाडी राना समुदायका अगुवा प्रेम रानाले माओवादीका राना थारु समुदायका उम्मेदवारमाथि एमाले नेता कार्यकर्ताले छानिछानी आक्र्रमणम गरिएको बताए । ‘कहिले बेलौरी कहिले लालझाडी राना थारुकै उम्मेदवारमाथि आक्र्रमण किनरु ‘उनले भने, ‘एमाले रानाथारुमाथि यति किन आक्र्रोसित र अपमान कुटपिटको अवस्थामा पुग्यो ।’ बेलौरीका राना थारु समुदायका अगुवा मदन रानाले एमाले अध्यक्ष ओली बेलौरी आएसंगै राना थारु समुदायका उम्मेदवार माथि भौतिक आक्र्रमण हुन थालेको बताए । ‘दिनदिनै राना थारु समुदायका उम्मेदवारमाथि भौतिक आक्र्रमण भईरहेको छ, ‘उनले भने, ‘एउटा नेपाल रानाथारु समाज कैलाली कञ्चनपुर भन्ने छ, त्यो सुतेर बसेको छन, त्यहाँपनि राजनीतिक झुण्ड हुँदा राना थारु समुदायका नेता कुटिएका कुटिएछन ।’
कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन । एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्रमणमा परी वडाध्यक्षमा उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन ।
अध्यक्ष रानालाई उपचारका लागि धनगढी अस्पताल लगिएको छ । एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्र्रमण गरेका थिए ।
बुधबार बिहान लालझाडीमा वडाध्यक्षका उम्मेदवार राना थारु समुदायमाथि आक्र्रमण गरेको भन्दै रानाथारु समुदाय समेत एमालेपति रुष्ट रहेको छ ।
दिनेश रानाकै घरमा खाना खान गएका बेला चुनाव प्रचार गर्न आएको भन्दै घरेलु हतियार सहित ४०÷५० नेता कार्यकर्ताले आक्र्रमण गरेको नेकपा माओवादी केन्द्र लालझाडीका नेता मदन बडायकले बताए ।